बुधबार, कार्तिक १९ गते २०८३
images
images

स्वतन्त्र पार्टीले बोलायो केन्द्रिय समिति बैठक

एक्सप्रेस पाना
माघ १५, २०७९ आइतबार
  • 178
    SHARES
  • स्वतन्त्र पार्टीले बोलायो केन्द्रिय समिति बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति बैठक डाकेको छ । पार्टीले आइतबार अपराह्न साढे ३ बजे बैठक डाकेको हो ।

    images

    बैठकमा पार्टी सभापतिको जिम्मेवारी पुनः रवि लामिछानेलाई दिनेबारे पनि छलफल हुने बताइएको छ । शुक्रबार सर्वोच्च अदालतले नागरिकताका विषयमा फैसला सुनाउँदै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

    यससँगै उनको पार्टी सभापति पद पनि गुमेको थियो । लामिछानेको स्थानमा पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति तोकेको थियो ।

    images

    उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रमाणपत्र लिइसकेका छन् ।