काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय नछाड्ने भएको छ ।
रवि लामिछानेले पद गुमाए पनि गृह मन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।
रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै प्रवक्ता ढकालले भने , ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’
अहिलेसम्म गृह मन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।
.jpg)


