बुधबार, कार्तिक १९ गते २०८३
images
images

मकवानपुरमा एकै दिन ७० जना युवाहरु राप्रपामा प्रवेश

एक्सप्रेस पाना
माघ १५, २०७९ आइतबार
  • 195
    SHARES
  • मकवानपुरमा एकै दिन ७० जना युवाहरु राप्रपामा प्रवेश

    मकवानपुर । युवाहरुको संख्या कमै देखिने राप्रपामा पछिल्लो समय युवा आकर्षण ह्वात्तै बढेको छ। देशभरनै पार्टीमा युवाहरुको क्षमता अनुसारको जिम्मेवारी दिदै युवाहरुलाई आकर्षित गरेको पार्टीले अघिल्लो निर्वाचनमा भन्दा हालै सम्पन्न चुनावमा परिणममा पनि सुधार गर्याे ।  

    images

    मकवानपुरमा पनि बलियो दावी गरिएका गठबन्धनका उमेद्धार विरुद्ध मैदान उत्रिएको राप्रपाले सफलता हात परेको छ। मकवानपुर १ क्षेत्र जितेको राप्रपाले युवा आकर्षित गर्दै जिल्लाका सबै क्षेत्रमा बलियो उपस्थिती बनाउने योजनामा लागेको छ। राप्रपाको यो अभियानमा पछिल्लो समय युवाहरु खुलेर जोडिन थालेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको पार्टी कार्यालयमा आयोजित राष्ट्रिय युवा मोर्चाको बैठकमा युवाहरुको भिडनै लागेको थियो । प्रजातन्त्र पार्टि निकट युवाहरुको समुह राष्ट्रिय युवा मोर्चाको दोस्रो बैठकमा युवाहरुको आकर्षण देखिएको छ। हेटौडामा आयोजिक कार्यक्रममा ७० जना युवाहरु पर्टिप्रवेश गरेक थिए । 

    images

    युवा मोर्चा मकवानपुर जिल्लाको दोस्रो बैठक तथा पार्टी प्रवेश कार्यक्रम बिबेक बिक्रम शाह को अध्यक्षतामा सम्पन्न भएको थियो ।