बुधबार, कार्तिक १९ गते २०८३
images
images

युवा संघ नेपालका महासचिव दिपक जि एमले गरे रवि लामिछानेको सम्बन्धमा कडा टिप्पणी

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 240
    SHARES
  • युवा संघ नेपालका महासचिव दिपक जि एमले गरे रवि लामिछानेको सम्बन्धमा कडा टिप्पणी

    काठमाडौं । युवा संघ नेपालका महासचिव दिपक जि एमले पुर्व गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा कडा टिप्पणी गरेका छन् । रवि लामिछानेले दोहोराे राहदानी प्रयोग गरेर गम्भीर प्रकृतिको अपराध गरेको उनले प्रश्न सहित आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै महासचिव जिएमले यस्तो टिप्पणी गरेका हुन् ।

    images

    उनले फेसबुकमा लेखेका छन् ‘गृह देशको मुटु मन्त्रालय हो या होइन? हाम्रो देशको आन्तरिक सुरक्षानीति र तिनी व्यक्ती बिचको सम्बन्ध के हुन्छ आज? अब ती व्यक्ति राज्यको नजरमा कस्ता व्यक्ती हुन? ति व्यक्तिले राहदानी दुरुपयोग (दोहोरो राहदानी प्रयोग) गरेका रहेछन। यो एक गम्भीर प्रक्रिती आर्को अपराध हो। यो मुद्दाको फैसला नहुन्जेल सम्म निज व्यक्ती नेपाल सरकारको अनुमती बिना देश छोड्ने र अन्य मुलुकका कुटनैतिक प्रतिनिधि संगको भेटवार्ताले राज्यको सुरक्षा सम्बन्धी गोपनियता बारे के हुन्छ?’

    पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत माघ ४ गते सर्वोच्च अदालतले अनागरिक घोषण गर्दै सम्पूर्ण सार्वजनिक पदमा रहन अयोग्य ठहर गरेको थियोे । त्यसलगत्तै महासचिव जि एमले रवि लामिछाने माथि छानवीन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरिरहेका छन् ।

    images

    Open photo