बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति फागुन २५ गते

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 161
    SHARES
  • राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति फागुन २५ गते

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तय गरेको छ । आयोगले आज सोमवार राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुने गरी मिति तोकेको हो ।

    images

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले यसबारे नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।