बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने

एक्सप्रेस पाना
माघ १८, २०७९ बुधबार
  • 172
    SHARES
  • प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने

    प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

    images

    संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव. २०७८र ०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

    त्यसैगरी सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    images

    सर्वोच्च अदालतले गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त रहेको छ। चितवन-२ बाट निर्वाचित सांसदको पद गुमेसँगै निर्वाचन आयोगले उक्त्र क्षेत्रमा उपनिर्वाचन हुने जनाएको छ।