बुधबार, कार्तिक १९ गते २०८३
images
images

‘बैंकको ऋणले थिचिएका किसानलाई सरकारले झुलायो’ : कांग्रेस महामन्त्री थापा

एक्सप्रेस पाना
माघ १८, २०७९ बुधबार
  • 198
    SHARES
  • ‘बैंकको ऋणले थिचिएका किसानलाई सरकारले झुलायो’ : कांग्रेस महामन्त्री थापा

    १८ माघ काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानको समस्या सम्बोधन नगरेर सरकारले झुलाइरहेको बताउनु भएको छ ।

    images

    प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद् थापाले सरकारले पीडितलाई पैसा दिन्छु भन्दै आए पनि झुलाउने गरेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘सयौंको संख्यामा साना किसान कृषि मन्त्रालय पुगेका छन् । सानासाना किसानले बैंकबाट ऋण ल्याए । सरकारकै निर्णयबाट वर्डफ्लुले कुखुरा नष्ट भयो । नियमअनुसार उनीहरूले ५८ करोड क्षतिपुर्ति दिनुपर्ने अहिलेसम्म दिएको छैन ।’

    images