बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा (एस) निकट युवा संघ नेपालका शिक्षा विभाग प्रमुख आचार्यको नेतृत्वमा शिक्षामन्त्री शिशिर खनाललाई ज्ञापनपत्र

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 335
    SHARES
  • नेकपा (एस) निकट युवा संघ नेपालका शिक्षा विभाग प्रमुख आचार्यको नेतृत्वमा शिक्षामन्त्री शिशिर खनाललाई ज्ञापनपत्र

    काठमाडौं । नेकपा (एस) निकट युवा संघ नेपालका शिक्षा विभागले नेपाल सरकारका शिक्षा मन्त्री शिशिर खनाललाई ज्ञापनपत्र बुझाएको छ । विभागका प्रमुख रमेश आचार्यको नेतृत्वमा गएको टोलिले मन्त्री खनाललाई शिक्षामा सुधार गर्नका लागि केहि माग र मुद्दाहरू सहित ज्ञापन पत्र दिएका छन् ।

    images

    तपशिल:
    १) शिक्षा क्षेत्रमा भैरहेको चरम ब्यापारिकरणलाई रोकियोस प्राबिधिक तथा ब्याबसायिक शिक्षामा राज्यले लगानी बढाउदै अनुदान र छात्रवृत्ति कार्यक्रमहरुमा वृद्धि गरियोस । र १२ कक्षा सम्म पुर्ण निशुल्क गरि स्नातक र स्नातकोत्तर अध्य्यनकालागी कम्तीमा शैक्षिक कर्जा पाउने ब्यवस्था गरियोस 

    २) नेपाल सरकारी बिश्वबिद्धालय तथा शैक्षिक संस्थाहरुमा भएका ब्यथिती भ्रष्टाचार परिक्षा तथा परिक्षाफलमा बिलम्ब र त्यहाँ हुने प्रत्यक्ष राजनैतिक हस्तक्षेपको विरुद्ध तुरुन्त कारबाही अगाडी बढाइयोस ।

    images

    ३) निजि शैक्षिक संस्थाहरुले चर्को शुल्क उठाई ब्याबसायिक मोडेल गएको हुनाले त्यसको प्रत्यक्ष असर मध्यम र श्रमजीवी बर्गलाई पर्ने हुनाले निजि शैक्षिक संस्था अनुगमन निगरानी बढाई कारबाहीको दायरामा ल्याईयोस ।

    ४ ) जनक शिक्षा सामग्री केन्द्रको छपाइ लगायतका कामहरु निजि क्षेत्रलाई नदिई सरकार आफैले नै गर्ने ब्यवस्था मिलाईयोस । 

    ५) बिदेशी अध्ययन गर्न जाने बिध्यार्थिहरुलाई सरकारले दिने अध्ययन अनुमती पत्र (NOC) सम्बन्धि देशको सबै बिश्वबिद्धालयहरुको गुणस्तर र शुलकको सुचना हासिल गरि नेपाली विद्यार्थीहरु नठगिने र ब्यबस्थित हुने गरि ब्यबस्था मिलाइयोस । 

    एक बिशेष मुद्दा 
    १) साइप्रस एक युरोपेली युनियनमा आवद्द  मुलुक भएकाले यहाँको बिश्वबिद्धालयको शिक्षा पनि गुणस्तरीय हुनुका साथै अन्तर्राष्ट्रिय स्तरको रहेको पाईन्छ ।
    २) न्यून शुल्कमा गुणस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने चाहना राख्ने विद्यार्थीहरुकालागी अति उपयुक्त गन्तव्यको रुपमा रहेको छ ।
    ३) हाल साइप्रस अध्य्यनरत बिध्यार्थिहरु त्यहाँको शैक्षिक गुणस्तर तथा त्यहाँको प्राप्त बाताबरणबाट सन्तुष्ट रहेको पाइन्छ ।
    ४)हाल साइप्रस स्थित (NRN) ले पनि उपयुक्त बिश्वबिद्धालयहरुका बिध्यार्थिहरुलाई अनुमति (NOC) प्रदान गर्नका लागि ज्ञापन पत्र बुझाएको छ ।
    ५) हाल तिनवटा बिश्वबिद्धालयगरुलाई अनुमति (NOC) दिनुको खास कारण स्पष्ट पारिएको देखिदैन त्यहाँका अन्य राम्रा बिश्वबिद्धालयहरु हुँदा हुँदै पनि तिनिहरुलाई किन अनुमती दिइएको भन्ने पनि खुलाएको छैन ।
    ६) त्यहाँ स्थित नेपाली दूतावासले पनि यी तिनवटा बिश्वबिद्धालयहरु मात्र चासो राख्नुले पनि शंका पैदा गर्ने स्थिति देखिएको छ । साथै अन्य पब्लिक बिश्वबिद्धालयहरुलाई पनि अनुमति पत्र नगरिएको अवस्थाले झनै ससंकित पारेको छ । 
    ७) आवस्यक अध्ययन गरि हाल बिधमान समस्याको उपयुक्त समाधानका मार्गहरु प्रदान गरिदिनुहुन अनुरोध गर्दछौ ।
    ८) महाबाणिज्यदुत डा जीवन पंजियारले आफ्नो चिठिमा उल्लेखित गरि पठाएको तीन बिश्वबिद्धालयको शुल्क हाल नेपाली पढ्नजाने बिश्वबिध्यालयको तुलनामा डबल नै बढी रहेको र सो शुल्क तिरे बापत कुनै अतिरिक्त फाइदा बिध्यार्थिले नपाउने र खाली आर्थिक भार मात्र हुने गरेको अवगत गराउन चाहन्छौ ।
    ९ यसै सिलसिलामा philips बिश्वबिद्धालयले यहि स्तरको गुणस्तरिय शिक्षा र अन्य सुबिधा प्रदान गर्दै आइरहेको हामी सबैलाई अवगत नै छ र हाल यस बिश्वबिद्धालयमा बिध्यार्थिले जम्मा ५००० युरो र बार्षिक शैक्षिक शुल्क तिर्दै आएका छन । जुन अन्य तिनवटा बिश्वबिद्धालयको शुल्क १०००० युरोको हारहारिमा रहेको छ यसै कारण धेरै बिर्ध्याथीहरु सो बिश्वबिद्धालय अध्ययन गर्ने क्रममा रहेकाले उनिहरु पनि मर्कामा परेकाले चाँडो भन्दा चाँडो यश बिषय उपर काम कार्य गरिदिनहुन अनुरोध गरेका छन् ।

    No description available.