बुधबार, कार्तिक १९ गते २०८३
images
images

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 192
    SHARES
  • नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ

    प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी पक्राउ परेका छन् । फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा बिहीबार पक्राउ परेका हुन् । चौधरीलाई कोहलपुरमा समातिएको खबर आएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी अशोक सिंहले जानकारी दिए ।अहिले उनलाई पक्राउ गरेर कैलाली ल्याउन लागेको प्रहरीले जनाएको छ ।

    images

    चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए ।

    उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो । तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए । त्यसपछि उनी चुनाव लडेर अहिले प्रतिनिधि सभा सदस्य बनेका हुन् ।

    images