बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 230
    SHARES
  • प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । 

    images

    गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको बेला लामिछाने र  प्रचण्डबीच एक घण्टा छलफल भएको हो ।  पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा के के विषयमा कुराकानी भयो भन्ने जानकारी दिइएको छैन । 

    प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली र लामिछानेबीच शनिबार भएको भेटमा अर्को मन्त्रालयको विकल्प बारेमा पनि छलफल भएको थियो । ओली र प्रचण्डले अर्को मन्त्रालय लिएर भए पनि सरकारमा रहन आग्रह गरेका थिए । 

    images

    उनले अर्को मन्त्रालय लिने कि सरकारबाट बाहिरिने कुनै निर्णय गर्न सकेका छैनन् ।  शनिबार मध्यरातसम्म बसेरको रास्वपाको संयुक्त बैठकले पनि कुनै निर्णय गरेन । सरकारमा बस्ने कि बाहिरिने भन्ने बारे रास्वपामा विवाद रहेको जनाइएको छ । त्यसका लागि रास्वपाले आइतबार विहान बैठक बोलाएको छ । आफूलाई गृहमन्त्री बनाउन ४८ घण्टे अल्टिमेटम हिजो बेलुका नै सकिएको छ ।