२२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन् ।
उनीहरू केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन् । सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने विषयमा रास्वपाले आज अन्तिम निर्णय गर्दै छ । सोहीअनुसार उनीहरू छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार हिजो राति बसेको आकस्मिक बैठकले अघोषित रूपमा आजको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो । रास्वपाबाट इन्दिरा राना उपसभामुख बनेसँगै प्रतिनिधिसभामा रास्वपाका १८ सांसद रहेका छन् ।
.jpg)


