बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेकपा एसको राष्ट्रिय महाधिवेशन एक वर्ष पछि

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 230
    SHARES
  • नेकपा एसको राष्ट्रिय महाधिवेशन एक वर्ष पछि

    २३ माघ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

    images

    शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उनले सुनाए । उनले भने, “आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौँ ।”

    images