बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकको बैठक जारी

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 201
    SHARES
  • प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकको बैठक जारी

    २३ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग छलफल सुरू गरेका छन् ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको छलफलमा विभिन्न विधेयकसम्बन्धी सामूहिक छलफल सुरू भएको हो ।

    प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    साथै सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिनका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।