बुधबार, कार्तिक १९ गते २०८३
images
images

राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले किन गरे पत्रकार सम्मेलन स्थगित ?

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 203
    SHARES
  • राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले किन गरे पत्रकार सम्मेलन स्थगित ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएकाे छ ।

    images

    आज प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका सचेतकसँग राय लिने क्रममा रास्वपाका प्रमुख सचेतक सन्ताेष परियारसँग कुराकानी गरेपछि रास्वपाले आजकाे पत्रकार सम्मेलन स्थगित गरेकाे हाे ।

    राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए । स्राेतका अनुसार प्रधानमन्त्री दाहालले यसअघि रास्वपाका सभापति रवि लामिछानेसँग पनि सरकारबाट नबाहिरिन अनुराेध गरेका थिए ।

    images

    माघ १३ गते सर्वाेच्चले रविकाे नागरिकता अवैध ठहर गरिपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनकाे सांसद् पद खारेज भयाे । चितवन-२ बाट भारी मतका साथ सांसद बनेका रविकाे पद खारेज भएसँग उनले पुन: नेपाली नागरिकता लिए पनि पुन: उपप्रधान तथा गृहमन्त्रालय पाएनन् ।

    लामाे कसरतका बाबजुद पनि गृहमन्त्राय रास्वपाकाे भागमा नपरेपछि अन्य मन्त्रालय लिएर सरकारमा नबस्ने भन्दै रविले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारबाट बाहिरिने घाेषणा गरेका हुन् । रास्वपाले सरकारलाई दिएकाे समर्थन यथावत् नै राखी आफू सरकारमा सहभागी नहुने घाेषणा गरेसँगै पार्टीका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।