बुधबार, कार्तिक १९ गते २०८३
images
images

स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ : मन्त्री पदम गिरी

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 203
    SHARES
  • स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ : मन्त्री  पदम गिरी

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

    images

    झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उहाँले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको हो ।

    “सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने योजनाका साथ सरकार अघि बढेको छ”, मन्त्री गिरीले भन्नुभयो, “स्वास्थ्य बीमामा वैज्ञानिक प्रणाली लागू गरेर अझ व्यवस्थित र परिस्कृत बनाउँछौँ ।” स्वास्थ्य बीमाबाट उपचार गराउन घण्टौँ लाइनमा बसेर गुणस्तरहीन औषधि लिएर जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले अब त्यस्तो अवस्था अन्त्य हुने जिकिर गर्नुभयो ।

    images

    “पालिकास्तरका स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिनेछ”, मन्त्री गिरीले भन्नुभयो, “सात वटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउँदै छौँ ।”

    भाषणमा भन्दा काम गरेरै देखाए जनतामा सरकारप्रति विश्वास बढ्ने हुँदा विगतका कमी÷कमजोरीलाई पहिल्याएर ठोस योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले उपचार नपाएर मर्नुपर्ने र उपचार गराएर उठिबास हुने वर्तमान अवस्था अन्त्य गर्नु सरकारको दायित्व रहेको बताउनुभयो ।

    संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले संस्थाको आगामी कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।