बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
माघ २४, २०७९ मंगलबार
  • 207
    SHARES
  • राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

    काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 

    images

    सोमबार नेकपा माओवादीबाट उपाध्यक्षमा उम्मेदवार बनेकी अर्याल निर्विरोध भएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।