बुधबार, कार्तिक १९ गते २०८३
images
images

सुचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको छः सञ्चारमन्त्री शर्मा

एक्सप्रेस पाना
माघ २४, २०७९ मंगलबार
  • 194
    SHARES
  • सुचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको छः  सञ्चारमन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दावी गर्नु भएको छ ।

    images

    मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गर्नु भयो । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढन पनि निजी क्षेत्रलाई आह्वान गर्नु भयो ।

    उहाँले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्विकार गर्दै त्यस काममासम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको समेत बताउनु भयो । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्वकांक्षी योजनाहरु अघि सार्ने योजना पनि सार्वजनिक गर्नु भयो ।

    images

    उहाँले भन्नु भयो, ‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरु के(के हुन्छन भन्ने कुरामा पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ । हाम्रो क्यान महासंघकै तर्फबाट अघि अनौपचारिक रुपमा थोरै कुरा भएको छ । मन्त्रालयबाट हामीले यस क्षेत्रमा गर्न सक्ने सहयोगहरु के के हुन सक्छन रु कमजोर अवस्था भएकाले धेरै सहयोग गर्न नसकौला । तर पनि केही न केही त यस क्षेत्रमा गर्नैपर्ने हुन्छ ।

    यसका निम्ति यहाँहरुका आईडियाहरु, सुझावहरु पनि मन्त्रालयले प्राप्त गर्न सकोस् । त्यसका निम्ति पनि ध्यान दिनुहुनेछ भन्ने आग्रह गर्न चाहन्छु । र, हामीले यस क्षेत्रको विकासको निम्ति सूचना प्रविधि मन्त्रालयको मन्त्रीको हैसियतले म के प्रतिवद्धता व्यक्त गर्न चाहन्छु भने यस क्षेत्रको विकास, निर्माण र राष्ट्र अघि बढाउनका लागि सविस्तार अध्ययन गरेर अघि बढनेछौं । यसका निम्ति यहाँहरुको सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गर्दछु ।

    यस सम्बन्धमा हाम्रा कानुनमा पनि लुप होलहरु छन । कानुन बनिसकेका छैनन् । कानुनहरु बनाउने कुराहरु पनि छन । हामी यस क्षेत्रसँग सम्बन्धित कानुनहरुको बारेमा छलफल गरिरहेका छौं । हामी यस क्षेत्रको सम्बन्धित कानुनहरु छिटो भन्दा छिटो संसदमा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने भनेर हामी लागि रहेका छौं । त्यसकारण यसका लागि आवश्यक कानुनहरुको विषयमा पनि यहाहरुको सुझावको अपेक्षा गरेका छौं ।

    यस क्षेत्रमा प्रधानमन्त्रीकै नेतृत्वको डिजिटल फ्रेमवर्क नेपालजस्ता निर्देशक समितिहरु छन । तर पनि आवश्यक काम हुन सकेको छैन । केही पनि भएन भन्ने मेरो भनाई होइन । तर पनि जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । त्यसकारण हाम्रा विभिन्न संघ, संस्थाहरु जति पनि छन ।

    मन्त्रालयबाट, हाम्रा बनेका ती सरकार निकायहरुबाट र निजी क्षेत्रबाट बनेको यो क्यान महासंघबाट हामी सबैले सहकार्य गरेर एउटा राष्ट्रका निमित्त, सूचना प्रविधिको विकासको निमित्त हामी अगाडि बढौं । यो कुरा म यहाँ राख्न चाहन्छु । र, थुप्रै कुराहरु छन । आजको दिनमा पनि हाम्रो आफ्नै स्याटलाईट छैन ।

    हिजोको सरकारले हातहातमा मोवाईल, घरघरमा इन्टरनेट भन्दा त्यो नारा पनि सम्भव हो र भनेजस्तो हामीलाई लाग्दथ्यो । तर आज आएर त्यो सम्भव भयो । त्यस्तै महत्वकांक्षी नाराहरु अगाडि सारेर हामीले अगाडि बढन जरुरी छ भन्ने मलाई लाग्दछ । त्यसका निम्ति यहाँहरुको जुन अनुभव छ । त्यो हामीलाई पनि सहयोग गर्नु हुनेछ भन्ने मलाई लाग्दछ । ’मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौं भन्ने भावना साथ अघि बढनुपर्नेमा पनि जोड दिनु भयो ।