बुधबार, कार्तिक १९ गते २०८३
images
images

सार्वजनिक बिदा धैरै भए‚ पुनर्विचार आवश्यक छ: प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
माघ २४, २०७९ मंगलबार
  • 190
    SHARES
  • सार्वजनिक बिदा धैरै भए‚ पुनर्विचार आवश्यक छ: प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक बिदा धेरै भएकाले पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन्।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले सरकारी बिदा धेरै हुँदा सेवा प्रवाह प्रभावित भएकाले बिदाबारे पुनर्विचार आवश्यक भएको बताएका हुन्।

    “हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ‚” उनले भने‚ “यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्‌मा पनि छलफल गरेका छौं। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।”

    images

    प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिंदै आएकाले उस्तै चरित्र भएका पर्वलाई एकीकृत गरी एकै दिन बिदा दिनेबारे छलफल गर्नुपर्ने बताए। “हामी गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र दिवस मनाउँछौं। तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ‚” उनले भने‚ “त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ।”