बुधबार, कार्तिक १९ गते २०८३
images
images

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङबीच भेट

एक्सप्रेस पाना
माघ २५, २०७९ बुधबार
  • 169
    SHARES
  • सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङबीच भेट

    काठमाडौँ । सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ ।

    images

    सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनिहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

    सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्याएको सहयोगको प्रशंसा गरे । 

    images

    भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि  स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे । 

    चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिए । सो अवसरमा चिनियाँ राजदूतले चीनको राष्टिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले सभामुख घिमिरेलाई पठाउनु भएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए ।