बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता

एक्सप्रेस पाना
माघ २६, २०७९ बिहीबार
  • 276
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भइरहेको छ । सिंहदरवारमा भइरहेको भेटवार्तामा राष्ट्रपतिको विषयमा स्पष्ट हुँदै सत्तारुढ गठबन्धनभित्रको अश्विास हटाउने विषयमा छलफल भइरहेको छ । 

    images

    च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट सिंहदरवार पुगेका ओलीले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपति’bout स्पष्ट हुन आग्रह गरेका छन् । 

    आगामी २५ मा फागुनमा हुने राष्ट्रपतिको निर्वाचन र उम्मेदवारको विषयले सत्तारुढ दलभित्र अविश्वास पैदा भएको छ । कांग्रेसले राष्ट्रपतिमा आकांक्षा देखाएको र प्रधानमन्त्री प्रचचण्डले समर्थन गर्न लागेको विषयले प्रमुख सत्ता साझेदार एमाले संशंकित हुँदै आएको छ । 

    images

    यही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटवार्ता  केही दिनयता बाक्लिएको छ । साथै बिहीबार नै सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तयारी छ । संयन्त्रको बैठकअघि प्रधानमन्त्री र प्रचण्डबीच छलफल भएको हो ।