बुधबार, कार्तिक १९ गते २०८३
images
images

स्थापित दलहरुले वैकल्पिक शक्तिलाई सिध्याउँछ : सिके राउत

एक्सप्रेस पाना
माघ २७, २०७९ शुक्रबार
  • 164
    SHARES
  • स्थापित दलहरुले वैकल्पिक शक्तिलाई सिध्याउँछ : सिके राउत

    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाएका छन् । 

    images

    शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरुलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताए । उनले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरुले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

    उनले राजनीतिक पार्टीको रुपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउनु नहुने बताए । उनले सबै वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताए । उनले वैकल्पिक शक्तिहरु एक ठाउँमा बसेर क्रान्तिको बिजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्नसक्ने दाबी गरे । 

    images

    उनले भने, ‘सडक आफैँमा सबैभन्दा ठूलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रुपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठूलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन । संघर्षको माध्यमबाट हामीले हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरु एक ठाउँमा आएर कुनै क्रान्तिको बिजारोपण गर्नसक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनको बिरुद्धमा नै होस् ।

    रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्नेकुरालाई आधार मानेर अघि बढेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ । ’अध्यक्ष राउतले वैकल्पिक शक्तिहरुले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जानसक्ने भन्नेकुरा सोच्नु नहुने बताए ।