कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल जिल्ला कमिटीको जिल्ला अधिवेशन फागुन १३ गते शनिबार सदरमुकाम कलैयामा हुने भएको छ ।
युवा संघ नेपाल जिल्ला कमिटी बाराको आज सिमरामा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले युवा संघको पालिका, वडा कमिटीहरु गठन, पुनर्गठन, सदस्यता वितरण सहित संगठन विस्तारको बारेमा समेत छलफल गरेको छ ।
युवा संघ बाराका कार्यवाहक अध्यक्ष आरके भट्टराईको अध्यक्षतामा बसेको बैठकमा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं वारा इन्चार्ज दिनेश राई, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, सचिव विक्रम ठाकुर, पार्टी केन्द्रीय सल्लाहकार कमिटी सदस्य तेजप्रताप प्रसाद चौधरी, संघका स्थायी कमिटी सदस्य सुभाष साह, सचिवालय सदस्य गणेश रिजाल लगायतको सहभागिता थियो ।
जिल्ला अधिवेशन भव्यरुपमा सम्पन्न गर्नका लागि जिल्ला कमिटी, पालिका कमिटी सहितका कमिटीलाई परिचालन गर्ने निर्णय भएको छ । अधिवेशनबाट जिल्ला कमिटी नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनमा संघका केन्द्रीय नेतृत्व समेत सहभागि हुने बताईएको छ ।
.jpg)


