बुधबार, कार्तिक १९ गते २०८३
images
images

परराष्ट्रमन्त्रीसँग नेपालका लागि नर्वेली राजदूतको शिष्टाचार भेट

एक्सप्रेस पाना
माघ २९, २०७९ आइतबार
  • 217
    SHARES
  • परराष्ट्रमन्त्रीसँग नेपालका लागि नर्वेली राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजियन राजदूत (Torun Dramdal ) तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

    images

    मन्त्रालयमा आज भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको छ । यस अवसरमा शिक्षा, स्वास्थ्य, लैङ्गिक सहभागिता लगायतका क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्र मन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिनुभयो । 

    भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाउनुभयो ।   

    images

    दक्षिण कोरियाका राजदूत भेट
    आजै परराष्ट्र मन्त्री डा.पौड्यालसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत (Jo Yong  Man ) योङ म्यानले शिष्टाचार भेट गर्नुभएको छ । 

    भेटवार्तामा परराष्ट्र मन्त्री डा.पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल  सदैव कुनै पनि प्रकारको द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बताउनुभयो । यस अवसरमा राजदूत योङ म्यानले आफ्नो मुलुक शान्तिपूर्ण स्थायित्वको पक्षमा रहेको बताउनुभयो ।