बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डसँग इजिप्टका राजदूत नोहाको शिष्टाचार भेटवार्ता

एक्सप्रेस पाना
माघ २९, २०७९ आइतबार
  • 190
    SHARES
  • प्रधानमन्त्री प्रचण्डसँग इजिप्टका राजदूत नोहाको शिष्टाचार भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गरेकी छन् ।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राजदूत नोहाले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेकी हुन् । उनिहरूबीच दुई देशबीचको सम्बन्ध र बहुपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    त्यसैगरी प्रधानमन्त्री दाहालसँग नेपालका लागिका नर्वेका राजदूत टोरून ड्राम्दालले शिष्टाचार भेट गरेका छन् । उनिहरूबीच आपसी हित बहुपक्षीय विकाससम्बन्धी सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images