बुधबार, कार्तिक १९ गते २०८३
images
images

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको सपथ

एक्सप्रेस पाना
माघ २९, २०७९ आइतबार
  • 185
    SHARES
  • लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको सपथ

    देउखुरी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा नेपालको संविधानको धारा १७२ बमोजिम सपथ गराएका हुन् ।

    images

    मुख्यमन्त्रीको सिफारिसमा मन्त्री भएका आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, खानेपानी, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले प्रदेश प्रमुखसमक्ष सपथ लिएका हुन् । 

    मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा शनिबार मन्त्रीहरूको नियुक्ति र कार्य विभाजन गरेका थिए । 

    images

    यसअघि विनाविभागीय मन्त्रीका रूपमा रहनुभएका ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री कृष्णा केसीको पनि शनिबार नै कार्य विभाजन गरिएको थियो ।

    सपथ ग्रहण समारोहमा मुख्यमन्त्री गिरी, प्रदेश सभामुख तुलबहादुर घर्ती, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा दीपक काफ्ले, प्रदेश सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो । 

    मुख्यमन्त्री गिरीले गत पुस २८ गते विना विभागीय मन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गर्नुभएको हो । विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा (एमाले) बाट चार, नेकपा (माओवादी केन्द्र) बाट तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी) राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् । 

    मुख्य न्यायाधिवक्ताको सपथ 

    लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले पनि आज पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

    नवनियुक्त मुख्य न्यायाधिवक्ता पौडेललाई आज उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधिश गोपाल भट्टराईले प्रदेश प्रमुखको उपस्थितिमा सपथ गराएका थिए ।