मंगलबार, कार्तिक १८ गते २०८३
images
images

परराष्ट्रमन्त्री र नर्वेकी राजदूतबीच भेटवार्ता

एक्सप्रेस पाना
फाल्गुण १, २०७९ सोमबार
  • 191
    SHARES
  • परराष्ट्रमन्त्री र नर्वेकी राजदूतबीच भेटवार्ता

    काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच भेटवार्ता भएको छ ।आइतबार सिंहदरवारमा परराष्ट्र मन्त्री पौड्याल र राजदूत टोरनबीच शिष्टाचार भेटवार्ता भएको हो ।

    images

    भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । सोही अवसरमा परराष्ट्र मन्त्री पौड्यालले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि नर्वेजियन सरकारलाई धन्यवाद दिएकी थिइन् ।

    राजदूत ड्राम्डलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्ने बताएकी थिइन् ।

    images