मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चन्द्र भण्डारीको प्रश्न- अख्तियारले भ्रष्टचारीको फाइल खोलेर कारबाही किन गर्न नसकेको ?

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 187
    SHARES
  • चन्द्र भण्डारीको प्रश्न- अख्तियारले भ्रष्टचारीको फाइल खोलेर कारबाही किन गर्न नसकेको ?

    काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन् ।

    images

    उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे । उनले अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो ? भन्दै प्रश्न गरे । सांसद भण्डारीले नेपालका नाटक चलिरहेको टिप्पणी गरे । 

    उनले भने, ‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग । अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ । त्यो के हो ? यो नाटक, के नाटक, के का लागि नाटक ? त्यसैले हामीले हाम्रो संसदलाई विभिन्न विषयहरुको छलफलको थलो बनाउनुपर्छ ।’

    images

    सांसद भण्डारीले संसदलाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोको रुपमा अघि बढाउनुपर्ने बताए ।