मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चन्द्र भण्डारी कीर्तिपुर अस्पतालबाट रिफर, एयर एम्बुलेन्समा मुम्बई लगिदै

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 246
    SHARES
  • चन्द्र भण्डारी कीर्तिपुर अस्पतालबाट रिफर, एयर एम्बुलेन्समा मुम्बई लगिदै

    ग्यास दुर्घटनामा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट निकालिएकाे छ ।

    images

    कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिने र त्यहाँबाट श्री एयरकाे एयर एम्बुलेन्सबाट मुम्बई लगिने छ ।

    मुम्बईकाे सुविधासम्पन्न बर्न अस्पतालमा भण्डारीकाे उपचार हुनेछ । एयर एम्बुलेन्समा ६ जना डाक्टरसहित ११ जना जाने भएका छन् ।

    images

     बुधबार राति बुद्धनगरस्थित घरमा ग्यास दुर्घटना हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए ।

    हरिकलाकाे आज बिहान उपचारकै क्रममा निधन भएकाे छ ।