भक्तपुर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका छन् ।
भक्तपुरको कमलबिनायकस्थित बिजुक्छे निवास पुगेर पौडेलले आसन्न राष्ट्रपति निर्वाचनलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका हुन् ।
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवारमा पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा छ ।
.jpg)


