मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपतिको विषयमा निष्कर्षमा पुग्ने कोशिसमा छौं : प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
फाल्गुण ५, २०७९ शुक्रबार
  • 168
    SHARES
  • राष्ट्रपतिको विषयमा निष्कर्षमा पुग्ने कोशिसमा छौं : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’राष्ट्रपतिको विषयमा निष्कर्षमा पुग्ने कोशिसमा रहेको बताएका छन् । 

    images

    बालकोटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटवार्ता गरेर बाहिर निस्किदा प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको विषयमा निष्कर्षमा पुग्ने कोसिसमा रहेको र एकदुई दिन भित्र टुंगिने बताएका हुन् ।

    उनले अहिले सत्ता साझेदार दलको सरकार चलिरहेकोले यसलाई राम्रो बनाउने छलफल मात्र अहिले भइरहेको बताए । शुक्रबार अपराहन्न निवास बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डले २ घण्टाभन्दा बढी छलफल गरेका थिए ।

    images

    राष्ट्रपति चयनका विषयमा गठबन्धनमा विवाद कायम रहेको बेला दुई शीर्ष नेताबीच निरन्तर छलफल भइरहेको छ । साथै सरकारलाई पूर्णता दिने र वर्तमान राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।

    विशेष गरि एमालेले पूर्वसहमति अनुसार राष्ट्रपतिमा गठबन्धनबाट आफ्नो उम्मेदवार हुनेपर्ने अडान राख्दै आएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिको चयन राष्ट्रिय सहमति हुनुपर्ने बताउदै आएको छ ।