काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त भएका छन् ।
उनी आइतबार कैलाली जिल्ला कारागारबाट जेलमुक्त गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनी छुटेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै ०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने आदेश दिएको थियो ।
सांसद चौधरीलाई गत माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेर जेल चलान गरिएको थियो ।
.jpg)


