मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अनेरास्ववियू स्थायी कमिटीको दोस्रो पूर्ण बैठक जारी

एक्सप्रेस पाना
फाल्गुण ७, २०७९ आइतबार
  • 164
    SHARES
  • अनेरास्ववियू स्थायी कमिटीको दोस्रो पूर्ण बैठक जारी

    नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दिनसम्म चल्ने बैठकको उद्घाटन पार्टी अध्यक्ष माधव कुमार नेपालले गरेका छन् । 

    images

    बैठकमा विद्यार्थी संगठनका विविध विषयमा छलफल हुनेछ । त्यस्तै चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका विषयमा समेत छलफल हुने अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीले बताए । 

    बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ भन्न नसकिने बताए । राष्ट्रपतिको चुनावबाट सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुने उनको भनाई छ । अहिलेको गठबन्धन धेरै नटिक्ने बताए । 

    images