काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
बैठकमा आसन्न राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचन मिति नजिकिँदै जाँदा सत्ता गठबन्धनमा खटपट बढ्दै गएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस माओवादीलाई फकाएर नयाँ समीकरणको प्रयासमा जुटेको छ ।
राष्ट्रपतिको उम्मेदवारका विषयमा चर्चा भइरहेको अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका कांग्रेसक शिर्ष नेताहरुले आइतबार साँझ प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफलमा कांग्रेसले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।
कांग्रेसले गरेको आग्रह र राष्ट्रपतिको विषयमा माओवादीले आजको पदाधिकारी बैठकमा छलफल गर्न लागेको हो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
.jpg)


