काठमाडौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका महासचिव दिपक जिएमले राष्ट्रपतिको विषयलाई लिएर नेतृत्व प्रति खबरदारी गरेका छन् ।
महासचिव जिएमले सामाजिक फेसबुकमा "राष्ट्रपती पद राष्ट्रको सर्वोच्च शिखर अभिभावक पद हो। यस पदको लागि हाम्रो पार्टीका श्रद्दय अध्यक्ष क. माधव नेपाल हरेक मुल्य र मान्यताले काबिल हुनुहुन्छ तर हाम्रो पार्टीको माग दावा चै किमार्थ होइन। आजभोली केही बैगुनिहरुले उक्त पद संग जोडेर पार्टी एकताको ललिपप मार्केटिङ गर्दैगरेको सुन्छु।
कोहि कसैलाइ पनि यस खाले प्रलोभन र भ्रममा नपर्न पार्टी नेतृत्व र कार्यकर्ता पङ्तिमा आग्रह गर्दछु। राष्ट्रको लागि आवस्यक र राजनीतिक दलहरु द्वारा सर्वस्विकार्य हुदा क. अध्यक्षले नाइ नास्ती गर्नुहुने छैन। एमाले जनबाट बजारमा जुन बिचार र अभिव्यक्ति आएका छन। यो फेरि आर्को "ओलिटिक्स" हो। हेक्का रहोस।"

.jpg)


