मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बालुवाटारमा प्रचण्ड-ओलीबीच दुई घण्टा कुराकानी

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 227
    SHARES
  • बालुवाटारमा प्रचण्ड-ओलीबीच दुई घण्टा कुराकानी

    राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई घण्टा लामो वार्तापछि सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्। 

    images

    बुधबार बिहान १० बजेर ४० मिनेटदेखि सुरु भएको वार्ता दुई घण्टासम्म चलेको थियो। नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारको टुंगो गर्ने जिम्मा प्रचण्डलाई दिएको सन्दर्भमा दुई नेताबीच वार्ता भएको हो। 

    पुस १० को सहमतिअनुसार राष्ट्रपति आफ्नै दलबाट हुनुपर्ने अडानमा रहेका ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि मिलाएर लानुपर्ने पक्षमा रहेका प्रचण्डबीच अझै कुरो मिल्न सकेको छैन।गत पुस २६ गते आफूलाई विश्वासको मत दिएपछि राष्ट्रपतिमा कांग्रेसलाई पनि समेटेर लैजाने प्रचण्डको अडानले सत्ता गठबन्धन दलहरुबीच खटपट बढिरहेको छ।

    images

    यस्तोमा ओलीले बालुवाटार पुगेर प्रचण्डसँग संवाद गरेका हुन्। प्रचण्डको अडानले एमालेबाट राष्ट्रपति नहुने सम्भावना भइरहँदा ओली विकल्पको खोजीमा लागिरहेका छन्। 

    उनले एमालेबाटै फुटेर गएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि राष्ट्रपतिमा अघि बढाउने चर्चा राजनीतिक वृत्तमा छ।तर उता कांग्रेसले भने राष्ट्रपतिमा आफूलाई सघाए प्रचण्डलाई पाँचै वर्षका लागि प्रधानमन्त्रीमा समर्थन गर्ने औपचारिक प्रस्ताव गरिसकेको छ।

    यस्तोमा प्रचण्डले आफ्ना दुई खुट्टा दुईतिर राखिसकेको निष्कर्ष निकालेको एमालेले राष्ट्रपतिबारे निर्णय लिन दबाब बढाउँदै लगेको छ।