मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनका लागि ८८१ जनाको नामावली सार्वजनिक

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 183
    SHARES
  • राष्ट्रपति निर्वाचनका लागि ८८१ जनाको नामावली सार्वजनिक

    काठमाडौँ । राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले ८८१ जनाको नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको मतदाताको नामावली सार्वजनिक गरेको हो ।

    images

    संघीय संसद्का ३३१ र प्रदेश सभाका ५५० जना मतदाताको नाम रहेको छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूले भाग लिन पाउँछन् ।

    मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधवार बिहान ११ बजेदेखि बिहीबार १२ बजेसम्म तोकिएको छ । उक्त समयमा आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।

    images

    राष्ट्रपति पदको लागि फागुन १३ गते शनिवार मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुँदैछ ।