मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बेवारिसे श्रोत, साधनहरुको सदुपयोग गरियोस् : प्रकाशमान सिंह

एक्सप्रेस पाना
फाल्गुण १२, २०७९ शुक्रबार
  • 156
    SHARES
  • बेवारिसे श्रोत, साधनहरुको सदुपयोग गरियोस् : प्रकाशमान सिंह

    काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका श्रोत, साधनहरुको सदुपयोग गर्न आग्रह गरेका छन् । 

    images

    शुक्रवार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । उनले देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र साधनश्रोत, मोटरसाइकलदेखि गाडीहरु पनि थुपारेर राखेको भन्दै आपत्ति जनाए । उनले करोडौं मूल्य पर्ने साधनश्रोत कौडीको मूल्यमा बेच्न राखिएको आरोप लगाए । 

    उनले भने, ‘देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र थुपारिएर राखिएका साधन श्रोत,मोटरसाइकलदेखि गाडीहरु बेवारिसे रुपमा राखिएको छ । नियम नमिलेको हो भने नियम मिलाएर करोडौं मूल्य जाने सवारीसाधनहरु कार्यालयको परिसरमा कौडीको मूल्यमा बेच्नुको लागि राखिएको छ, यसले राम्रो भएन ।’

    images

    उनले साधनश्रोतको सही सदुपयोका लागि ऐन, नियममा समस्या भए सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।