मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मेलम्चीको पानी आधाभन्दा धेरै चुहावट हुँदा काठमाडौंका धारामा पानी आएन : प्रदीप पौडेल

एक्सप्रेस पाना
फाल्गुण १२, २०७९ शुक्रबार
  • 181
    SHARES
  • मेलम्चीको पानी आधाभन्दा धेरै चुहावट हुँदा काठमाडौंका धारामा पानी आएन : प्रदीप पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याए पनि चुहावटका कारण घरघरका धारामा पानी नपुगेको बताएका छन् । पानीको अभाव पूर्ति गर्न सरकारले के योजना बनाइरहेको छ भन्नेबारे पनि उनले प्रश्न गरेका छन् ।

    images

    आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘काठमाडौंको ६५ प्रतिशत घरमा धारा छ तर पानी आउँदैन । धारा राखेबापत शुल्क भने राज्यले नियमित लिइरहेको छ ।’

    काठमाडौं उपत्यकाका धेरै घरमा जमिनमुनिको पानी र ट्यांकरबाट ल्याएको पानीले आवश्यकता पूर्ति गर्नुपर्ने बाध्यता रहेको पौडेलले बताए ।

    images

    मेलम्चीबाट ल्याएको पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसक्दा ५० प्रतिशत चुहावट भएको उनको भनाइ छ । ‘मेलम्चीबाट १७ करोड लिटर पानी ल्याइने भनिएकोमा आधाजसो चुहावट हुने गरेको छ,’ उनले भने ।

    काठमाडौं उपत्यकाभित्र दैनिक ४८ करोड लिटर पानी आवश्यक भए पनि १७ करोड लिटर मात्रै आपूर्ति भइरहेको उनले बताए । मेलम्चीबाट ल्याएको पानीमध्ये चुहावटबाट बच्ने ८ करोड लिटर र पुरानो स्रोतको ९ करोड लिटर पानी मात्रै वितरण हुँदा अपुग भएको उनले बताए ।