मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बालुवाटारमा कांग्रेससहितका चार दलको बैठक फेरी शुरु

एक्सप्रेस पाना
फाल्गुण १२, २०७९ शुक्रबार
  • 211
    SHARES
  • बालुवाटारमा कांग्रेससहितका चार दलको बैठक फेरी शुरु

    काठमाडौँ ।  प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेससहितका चार दलको बैठक फेरी शुरु भएको छ ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीको दुई घण्टाभन्दा बढी छलफल गरेपछि कांग्रेससहित चार दलका शिर्ष नेताहरूको बैठक बालुवाटारमा शुरु भएको हो । 

    बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका नेताहरु सहभागी छन् भने लोसपा र जनमत पार्टीलाई पनि बोलाइने भएको छ ।

    images

    चार दलको बीचमा राष्ट्रपतिको निर्वाचनसहित पुरानो गठबन्धनलाई ब्युँताउने विषयमा छलफल अगाडी बढेको बताइएको छ । शुक्रबार बिहानमात्रै चार दलले लामो छलफल गरेका थिए ।

    शुक्रबार विहानको छलफलपछि कांग्रेस महामन्त्री गगन थापाले शुक्रबार साँझको बैठकबाट साझा उम्मेदवार तय गर्ने दाबी गरेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।

    बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको वार्तामा ठोस प्रगति नभएको बताइएको छ । ओलीले पुस १० गतेको सहमति पालना गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको बुझिएको छ । 

    भोलि शनिबार राष्ट्रपतिको मनोनयन दर्ता गरिसक्नुपर्ने भएकाले दलहरु अन्तिम छलफलमा रहेका छन् । आफ्ना उम्मेदवार तय गर्न कांग्रेसले पदाधिकारी बैठक र एमालेले सचिवालय बैठक शनिबार बिहानका लागि बोलाएका छन् ।