मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजदेखि सबै सरकारी वेबसाइट एउटै स्वरुपमा प्रणाली

एक्सप्रेस पाना
फाल्गुण १६, २०७९ मंगलबार
  • 155
    SHARES
  • आजदेखि सबै सरकारी वेबसाइट एउटै स्वरुपमा प्रणाली

    काठमाडौं । अब सबै सरकारी निकायका वेबसाइटहरु एकै स्वरुपमा देखिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ । जसको शुभारम्भ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन् ।

    images

    मन्त्रालयका अनुसार यस प्रणालीको प्रयोग गरी विकास गरिएका मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

    यो प्रणालीको प्रयोग गरी सरकारी निकायले सूचना प्रविधिमा दक्ष जनशक्ति नहुँदा समेत उपलब्ध जनशक्तिकै माध्यमबाट आफ्नो निकायको वेबसाइट सहजै, निःशुल्क र सुरक्षित रुपमा विकास गर्न सक्ने मन्त्रालयले जनाएको छ । अब निकायगत रुपमा वेबसाइट विकास, अध्यावधि र सपोर्टका लागि वर्षेनी हुने खचर्ए समेत बच्ने मन्त्रालयको भनाइ छ । सरकारी निकायले आफ्नो कार्यालयसँग सम्बन्धित सूचना तथा जानकराी सरल र सहज रुपमा प्रकाशनमा ल्याउन सक्ने भएका छन् ।

    images

    नयाँ वेबसाइट अब अपाङ्गता मैत्री बन्ने भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वेबसाइटहरुको व्यापक अध्ययन र अनुसन्धानपछि योे प्रणाली विकास गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    सरकारी निकायको वेबसाइट मोबाइलको माध्यमबाट समेत हेर्न सकिने गरी मोबाइल एपको समेत विकास गरिएको छ । अब सबै सरकारी निकायका वेबसाइट र एपको निरन्तर निगरानी गरी जोखिम न्यूनीकरण गर्न सक्ने गरी वेव मोनिटरिङ प्रणाली समेत आजैदेखि सञ्चालनमा ल्याइएको छ ।