मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सात सहसचिवको जिम्मेवारी हेरफेर

एक्सप्रेस पाना
फाल्गुण १६, २०७९ मंगलबार
  • 187
    SHARES
  • सात सहसचिवको जिम्मेवारी हेरफेर

    काठमाडौँ । गृह मन्त्रालयअन्तर्गत कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। जसअनुसार सहसचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक, सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक, आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । 

    images

    यसैगरी रुद्रादेबी शर्मालाई  नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा, नारायण रिसाललाई जिल्ला प्रशासन कार्यालय बर्दिया, बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा कार्यरत जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    अधिकारी केही दिन अघि मात्रै प्रधानमन्त्री तथा  मन्त्रिपरिषद् कार्यालयबाट गृहमा सरुवा भएर आएका थिए ।  

    images