मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रदेश १ को नामकरण प्रस्ताव दर्ता

एक्सप्रेस पाना
फाल्गुण १७, २०७९ बुधबार
  • 173
    SHARES
  • प्रदेश १ को नामकरण प्रस्ताव दर्ता

    विराटनगर । प्रदेश १ को नामकरणको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । अपराह्न १२ बजेसम्म प्रस्ताव पेश गर्ने समय तोकिएकोमा एक घण्टा समय थपिएको थियो ।

    images

    १२ बजेर १० मिमेटमा प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली सपक्ष प्रस्ताव दर्ता भएको हो । प्रस्तावको प्रस्तावक नेकपा एमालेका प्रदेश सभा सदस्य रामबहादुर राना मगर रहेका छन् ।

    समर्थकमा नेपाली काङ्ग्रेसका भूमिप्रसाद राजवशी, एमालेका निरन राई र विदुर लिङ्थेप रहेका छन् । प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले प्रदेशका नामकरणसम्बन्धी प्रस्ताव आह्वानको सूचना बिहान १० बजे प्रकाशित गरेका थिए ।

    images

    नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेशको नामकरणका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम ५८(ख) को उपनियम (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा नामकरणको प्रस्ताव पेश हुने सूचनामा उल्लेख छ ।