मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मलाई स्थगित

एक्सप्रेस पाना
फाल्गुण १७, २०७९ बुधबार
  • 250
    SHARES
  • प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मलाई स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मलाई सरेको छ । आजको लागि तय भएको बैठक विशेष कारण बस्न नसक्ने भएकाले आगामी चैत ५ गते आइतबार दिउँसो १ बजे बस्ने सूचना टाँस गरिएको हो ।

    images

    संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक २०७९ चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरेको उल्लेख छ ।

    नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको नेकपा एमाले आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षीको बेन्चमा बस्ने भएपछि आजको बैठक सरेको एक नेताले बताए ।

    images

    राष्ट्रपति निर्वाचनका कारण नयाँ सत्ता समीकरण बनेपछि नेकपा एमाले सरकारबाट बाहिरिएको छ । सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । तर, नयाँ बनेको आठ दलीय गठबन्धनमा सहभागी कांग्रेस तत्काल सरकारमा सहभागी नभएकाले प्रतिपक्षमै बस्ने भएपछि बैठक स्थगित भएको हो ।