मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्बजनिक

एक्सप्रेस पाना
फाल्गुण १९, २०७९ शुक्रबार
  • 167
    SHARES
  • राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्बजनिक

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्बजनिक गरेको छ । आयोगले विहिबार दुई किसिमका नमुना मतपत्र सार्बजनिक गरेको हो ।

    images

    आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता रहेका संघीय सांसद र प्रदेश सांसदका लागि फरक फरक मतपत्र बनाएको छ ।

    आयोगले संघीय सांसदका लागि रातो र प्रदेश सभाका सांसदका लागि हरियो रंगको मतपत्रको नमुना सार्बजनिक गरेको छ ।

    images

    फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा एमालेबाट सुबासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् ।