मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बरुवाको सडक स्तरउन्नतिका लागि सहयोग गर्ने प्रदेश सभा सदस्य तामाङको प्रतिबद्धता

एक्सप्रेस पाना
फाल्गुण २३, २०७९ मंगलबार
  • 215
    SHARES
  • बरुवाको सडक स्तरउन्नतिका लागि सहयोग गर्ने प्रदेश सभा सदस्य तामाङको प्रतिबद्धता

    पाँचपोखरी थाङपाल गाँउपालिका –२,बरुवामा नवनिर्मित सिम्पानी ज्याङ्च्यु छ्योर्तेन राप्ने,समुदघाटन, धर्म गुरु गर्वाङ रेन्पोछे द्वारा वाङ (आयु अभिषेक ) तथा बृहत सास्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ ।

    images

    संघिय सांसद ,नेपाली कांग्रेसका केन्द्रिय सदस्य ,पुर्व सुचना तथा सन्चार मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्य ,बागमति प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समिर) विशेष बागमती प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री निमा लामाुको विशेष आतिथ्यमा तथा वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङ्बाकोे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रका बिशेष अतिथि प्रदेस सभा सदस्य कृष्णकुमार तामाङ (समिर)ले बिशेष अतिथिको रुपमा निमन्त्रणा गरि न्यानो स्वागत,माया स्नेहको लागि उपस्तिथ सम्पुर्ण महानुभावहरुमा आभार प्रकट गर्दै आयोजकलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

    images

    उहाँले आदिवासी जनजातिहरुको धर्म ,सस्कृति र शान्तीको प्रतिक छ्योर्तेन निर्माण गर्न सहयोग गर्नुहुने सम्पुर्णलाइ धन्यवाद व्यक्त गर्दै प्रदेश भरिनै विभिन्न जातजातिहरुको धर्म ,सस्कृतिलाइ पबद्र्धन गर्ने मठमन्दिर ,गुम्बा ,छयोर्तेन बनाउन आफ्नो प्रमुख प्राथमिकता रहने बताउनु भयो । उहाँले बरुवाको सडक स्तरउन्नतिका लागि आफुले पहल गर्ने बताउनुभयो ।

    यसै गरि उहाँहरुले बरुवामासञ्चालित योजनाहरुको पनि अवलोकन गर्नुभएको वडा अध्यक्ष बाबुलाल स्याङ्बाले जानकारी दिनुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै पुर्व मन्त्री निमा लामाले सदैव आफु सिन्धुबासीको सुख दुखमा साथ रहने बताउनुभयो ।