मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ओलीलाई मेटमणिको कटाक्ष ‘फुटाऊ र राज गर’को बाटो त्याग्ने कि !

एक्सप्रेस पाना
फाल्गुण २६, २०७९ शुक्रबार
  • 187
    SHARES
  • ओलीलाई मेटमणिको कटाक्ष ‘फुटाऊ र राज गर’को बाटो त्याग्ने कि !

    एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीलाई घुमाउरो शैलीमा कटाक्ष गरेका छन् ।

    images

    राष्ट्रपति निर्वाचनमा नौ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल भारी मत सहित विजय भएपछि उनले सामाजिक संजालमा लेखेका छन्, ‘अझै पनि राजनीतिमा ढाँटको खेति गर्ने, झुक्याएर अघि बढ्ने, विभाजन गर्ने र अरुको अपमान गरेर रमाइलो मान्ने चेतना भइरह्यो भने सधैभरिलाई एक्लो भइन्छ ।

    ’एकीकृत समाजवादीका सांसद समेत रहेका चौधरीले केपी ओलीप्रति लक्षित गर्दै घमण्ड त्याग्न, सत्य कुरा गर्न रअरुले महसुस गर्नेगरि व्यवहारमा देखाउन सुझाएका छन् । राष्ट्रपति निर्वाचन अघि माधव नेपालसँगको वार्तामा ओलीले ३ घण्टा गफ दिएको प्रसंग कोट्याउदै सांसद चौधरीले फेसबुकमा लेखेका छन्  ‘अरुको अपमान हुनेगरि ३ घण्टा बोलेर बहादुर र जान्ने भइन्छ भन्ने चेतनाबाट मुक्त बन । भ्रमको खेति नगर । अरु पनि बुझ्ने छन् भन्ने बुझिराख । अनि मात्रै राजनीतिमा पार पाइन्छ ।’

    images