काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार राष्ट्र्पति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाउदै रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचित भएको प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संबिधानमा आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ ।
विहिबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पौडेलले एमालेबाट उम्मेदवार बनेका सुबासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
.jpg)


