मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी विरुद्ध एमालेको उजुरी

एक्सप्रेस पाना
फाल्गुण २७, २०७९ शनिबार
  • 166
    SHARES
  • उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी विरुद्ध एमालेको उजुरी

    काठमाडौँ । उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टी (जसपा) नेता रामसहायप्रसाद यादवविरुद्ध एमालेले उजुरी दर्ता गरेको छ । 

    images

    एमाले सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् ।

    उजुरीमा राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेले दाबी गरेको छ ।

    images

    यद्यपि जसपाबाट उम्मेदवारी दिएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाबाटै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । 

    ९ दलीय गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसलाई राष्ट्रपतिमा निर्वाचित गरेर जसपालाई उपराष्ट्रपतिमा सहयोग गर्ने सहमति गरेका थिए ।

    त्यस्तै एमालेबाट भने उपराष्ट्रपतिमा शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उपराष्ट्रपति निर्वाचनको आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने तालिका रहेको छ ।