मंगलबार, कार्तिक १८ गते २०८३
images
images

युवा संघ नेपालले अनेरास्ववियूलाई बिजय गराउन "स्ववियु निर्वाचन प्रचार डेस्क" निर्माण गर्ने

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 419
    SHARES
  • युवा संघ नेपालले अनेरास्ववियूलाई बिजय गराउन "स्ववियु निर्वाचन प्रचार डेस्क" निर्माण गर्ने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको प्रचार बिभागले स्ववियु निर्वाचनलाई लक्षित गरि अनेरास्ववियूका देश भरिका उम्मेद्बारहरुलाई विजय गराउन "स्ववियु प्रचार डेस्क" बनाउने भएको छ। 

    images

    त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त र केही अन्य विश्वविद्यालयका क्याम्पसमा स्वतन्त्र विध्यार्थी युनियन निर्वाचनका लागि उम्मेद्बारको मनोनयन दर्ता भएको छ। कतै विभिन्न सङ संगठन मिलेर र कतै एकल रुपमा अनेरास्ववियूका उम्मेद्बारहरुले मनोनयन दर्ता गराएका छन् ।

    एकीकृत समाजवादीनिकट अनेरास्ववियूले केन्द्रिय क्याम्पस कीर्तिपुरमा समीर गौतम, जनप्रशासन क्याम्पसमा हिमाल थापा, महेन्द्र रत्न क्याम्पसमा पुर्णसङम जेठारा, क्याथ्पोद इन्जिनियरिङ कलेजमा बासुदेव सुवेदी लगायतलाई गठबन्धन गरि उम्मेद्बारी दिएको छ उक्त उम्मेद्बारहरुलाई निर्वाचनमा विजय गराउन संघका केन्द्रिय कार्यलयमा प्रचार डेस्क राखी, विद्यार्थीहरुको हितका लागि अनेरास्ववियूले खेलेको भुमिकालाई स्मार्ट प्रचार गरि उम्मेद्बारहरुलाई विजय हुन सहयोग गर्ने संघका प्रवक्ता सन्जिप राईले बताए ।

    images

    उपत्यकाको त्रिचन्द्र बहुमुखी, आयुर्वेद क्याम्पस, रत्न राज्य र पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा विबाद रहेकोे र अन्य क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।