सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिन्धुली बस दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 297
    SHARES
  • सिन्धुली बस दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

    सिन्धुली । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । 

    images

    योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो

    मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । 

    images

    घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । चालकको अवस्था सामान्य रहेको छ । उनको घुर्मीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रासस